दफा १६
हुलाकबाट पठाउन नहुने बस्तुहरु
: (१) देहायका वस्तुहरु हुलाकबाट पठाउन निषेध गरिएको छः–
(क) विष्फोटक, खतरनाक, घिनलाग्दो, अस्वास्थकर वा हानिकारक वस्तु बचाउको प्रवन्ध नभएको तिखोधार वा चुच्चो भएको हतियार वा हुलाकबाट चलान हुँदा स्वभावतः अरु हुलाक
वस्तुहरुलाई वा हुलाक अड्डाका कर्मचारीलाई हानि पुर्याउन सक्ने अरु चिज वस्तु वा जीवजन्तु,
(ख) अश्लील अपमानजनक, अशिष्ट, राजद्रोही, उत्तेजनात्मक वा शान्ति सुरक्षा खलबल्याउने शब्द चिन्ह वा आकार भएको हुलाक वस्तु,
(ग) छापाखाना र प्रकाश सम्बन्धी प्रचलित नेपाल कानूनले प्रकाशन गर्न मनाही गरेको पत्रपत्रिका, किताब वा अरु लिखत,
(घ) छापाखाना र प्रकाशन सम्बन्धी प्रचलित नेपाल कानूनको रीत नपुर्याई सम्पादन गरिएको, छापिएको वा प्रकाशित गरिएको समाचार, पत्रपत्रिका,
(ङ) जुन मुलुकमा पठाइने हो त्यस्तो मुलुकले हुलाकबाट पठाउन निषेध गरिएको वस्तुहरु
(च) प्रचलित अरु नेपाल कानूनले वा यो ऐन अन्तर्गत बनेका नियमले हुलाकबाट पठाउन निषेध गरिएको हुलाक वस्तु।